२१ असार २०८३, आइतबार

सशस्त्र प्रहरीमा एआईजी बढुवा प्रक्रिया शुरू

बैशाख १७, २०७९
सशस्त्र प्रहरीमा एआईजी बढुवा प्रक्रिया शुरू

सशस्त्र प्रहरी बलमा १९ वैशाखदेखि रिक्त हुने अतिरिक्त महानिरीक्षक (एआईजी) पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयले आकांक्षीलाई आवश्यक कागजात बुझाउन शुक्रवार ढिलोमा ५ दिनको समय दिएर पदपूर्तिसम्बन्धी सूचना निकालेको छ ।

सूचनामा १९ वैशाखदेखि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको सदस्य सचिवका हैसियतले दस्तखत गरेका छन् । त्यसदिन केसी र एआईजी रामशरण पौडेलले अनिवार्य अवकाश पाउँदैछन् ।

आकांक्षीलाई आवश्यक काजजात बुझाउन ५ दिनको समय दिइएको भए पनि शनिवार र आइतवार सार्वजनिक बिदा परेको छ । सोमवार पनि सार्वजनिक बिदा दिने सम्भावना छ । त्यसैले आकांक्षीलाई मंगलवार १ दिन मात्र आवश्यक कागजात बुझाउन समय बाँकी रहने देखिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयले ३० चैतमा रिक्त एक एआईजी पदका लागि सूचना निकाल्दा आवश्यक कागजात बुझाउने नायब महानिरीक्षक (डीआईजी) हरूले नै योपटक कागजात बुझाउनेछन् । त्यस दिनको सूचनाअनुसार वरिष्ठतामा पहिलो नम्बरमा रहेका डीआईजी राजु अर्याललाई बढुवा समितिले एआईजीका लागि सिफारिस गरेको थियो । अर्यालले बुधबार सो दर्जाको दज्र्यानी चिह्न लगाएर कामसमेत थलिसकेका छन् । उनैले १९ वैशाखदेखि सशस्त्रको नेतृत्व हाँक्दैछन् ।

अहिले डीआईजीको वरिष्ठताक्रममा नारायणदत्त पौडेल पहिलो नम्बरमा छन् । दोस्रोमा चन्द्रप्रकाश गौतम र तेस्रोमा वंशी दाहाल छन् ।

पौडेल र गौतम अर्यालसँगै १३ कात्तिक २०७५ मा डीआईजीमा बढुवा भएका थिए । दाहाल भने पौडेल र अर्यालभन्दा १५ महिनापछि २२ माघ २०७६ मा डीआईजीमा बढुवा भएका थिए ।

अर्याल, पौडेल र दाहाल प्रहरी सेवामा सँगै १८ चैत २०५४ मा भर्ना भएका थिए । गौतम भने नेपाली सेनाबाट स्थानान्तरण भई आएका हुन् । राजधानीमा खबर छ ।

कमेन्ट गर्नुहोस्