
काठमाडौं, २९ असार — चिनियाँ फेंगशुईमा बताइएअनुसार केही यस्ता सामान छन् जसलाई घरमा राख्दा नकारात्मकता नाश हुन्छ र सकारात्मकता बढ्छ । चिनियाँहरू घरमा सुखशान्ति कायम राख्नका लागि यी कुरालाई महत्त्व दिन्छन् ।

तीनखुट्टे भ्यागुतो
यसलाई लकी चार्म मानिन्छ । घरभित्र मुख्य प्रवेशद्वार नजिक राख्नुस् । भान्सा र शौचालयमा चाहिँ कदापि नराख्नुस् ।
लाफिङ बुद्ध
हाँसिरहेका मोटा बुद्धको मुस्कानमा समृद्धिको रहस्य लुकेको छ । यसलाई घरको मुख्य कोठामा कुनामा राख्नुस् ।
सुनौलो माछा
फेंगशुईका अनुसार घरमा माछा राख्दा सौभाग्यमा वृद्धि हुन्छ । एक्वारियममा माछा आफ्नो ड्रइङ रूममा राख्नुस् । यसो गर्दा धनको समस्या आइलाग्दैन ।
तीन सिक्का
घरको मुख्यद्वारमा भित्रपट्टि रातो रिबनले बाँधिएका तीन सिक्का टाँग्दा देवी लक्ष्मीको आशीर्वाद सदा प्राप्त हुन्छ ।
कछुवा
फेंगशुई र भारतीय वास्तुशास्त्र दुवैमा कछुवालाई शुभ प्रतीक मानिन्छ । यसलाई कार्यस्थान वा घरको उत्तर दिशामा राख्नुस् । असफलताबाट बच्न सकिन्छ ।
त्यस्तै कोठाभित्र झरना, झुण्ड्याउने शीशा र असली बोटबिरुवा विशेषगरी कागती र सुन्तला राख्नुभयो भने पनि राम्रो हुन्छ ।