२८ जेठ २०८३, बिहीबार

ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई साढे नौ वर्षको कारावास सजाय

कात्तिक २०, २०७४
ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई साढे नौ वर्षको कारावास सजाय

काठमाडौं, २९ असार — ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई ठूलो भ्रष्टाचारमा दोषी पाइएपछि साढे नौ वर्षको कारावास सजाय सुनाइएको छ । राज्य नियन्त्रित तेल कम्पनी पेट्रेब्रास ब्रासिलिएरोमा उनले यति धेरै रकम घोटाला गरेका थिए ।


इन्जिनियरिङ संस्था र्आएस एसएबाट लुलाले १२ लाख अमेरिकी डलर लिएको संघीय न्यायाधीश सर्जियो मोरोले पाए । कम्पनीले पेट्रोलियो ब्रासिलिरोबाट ठेक्का पार्न समुद्री तटमा रहेको लुलाको घर सजाइदिएको थियो ।

ब्राजिलका महान्यायाधिवक्ताले उक्त घर लुलाका लागि किन्न र सजाउन ओएस एसएले पैसा खर्च गरेको र राजनीतिक लाभ लिएको अभियोग लगाएका थिए ।

तर न्यायाधीशले लुलालाई तत्कालै कारागार जानुनपर्ने फैसला दिए । उनी पुनरावेदन हुन्जेलसम्म स्वतन्त्र रहन पाउँछन् ।

सिन्ह्वाबाट

salt training

कमेन्ट गर्नुहोस्