
काठमाडौं, २९ असार –अर्बौं रुपैयाँको राजश्व हिनामिनाको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा विरुद्ध आज विशेष अदालतमा मुद्दा पेश गरेको छ ।
कर फर्स्योट आयोग मार्फत गैरकानूनी ढंगले राज्यलाई अर्बौ रुपैयाँ घाटा पर्ने गरि कर छुट दिएको आरोप अख्तियारले शर्मामाथि लगाएको छ ।
अख्तियार स्रोतका अनुसार शर्मा विरुद्ध दायर हुन लागेको यो पहिलो चरणको मुद्दा हो । उनी गत जेठ १९ गते पक्राउ परेका थिए ।
समय अभावका कारण आज मुद्दा दर्ता भने हुन पाएन ।