कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बैशाख १९, २०७९
कञ्चनपुर, भीमदत्त नगरपालिकाका उम्मेदवारहरूको घोषणापत्र हेर्ने हो भने विकास निर्माणको काम चुट्की मै गर्छौं भन्ने देखिन्छ । तर, यस्ता लोकरिझ्याइँ मुद्दा पहिले पनि नउठाइएका भने होइनन् ।
उम्मेदवारले उठाउने मुद्दा भनेकै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, युवालाई रोजगारलगायतका हुने गर्छन् । भीमदत्त हाँक्ने चाहना राख्ने उम्मेदवारहरू पनि त्यसबाट अछूतो छैनन् ।
भीमदत्तको मेयर बन्ने दौडमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र उम्मेदवारहरू छन् ।
उनीहरूले उठाएका एजेण्डा र प्रतिबद्धता हेर्ने हो भने भर्खरै महेन्द्रनगर सुन्दर भैहाल्छ झैँ भान गराउने खालका छन् । हिजो जितेका मेयरको कुरा सुन्ने हो भने पनि विकासमा राम्रो काम गरेको दाबी गर्छन् । तर, वास्तविकता भने त्यस्तो छैन । बजारकै दुर्दशा हेर्ने हो भने पनि यसको पुष्टि हुन्छ ।
चुनावका बेला लोकप्रिय एजेन्डा उठाउने नेताहरू जितिसकेपछि भने कार्यान्वयनमा किन चासो दिँदैनन् ? जवाफमा यहाँका मतदाताहरू भन्छन्- गतिलो नेता नभएर ।
नेताले काम नगरेका कारण विकास निर्माणले गति लिन नसकेको स्थानीयवासी बताउँछन् । सडक, पानीको सुविधा नभएको, जंगली जनावरको आतंक, छाडा गाईबस्तुका कारण बालीनाली नष्ट भएको र नेताले सीमित सडकलाई मात्रै कालोपत्रे गर्ने गरेको उनीहरूले आरोप लगाएका छन् ।
कञ्चनपुरको सदरमुकाम भीमदत्त नगरपालिकाको मुख्य बजार महेन्द्रगरको सडककै कुरा गर्ने हो भने पनि सडक खनेर धुलाम्य पारिएको छ । सडकमै ढल बगेको छ । मुख्य सडकहरू पनि भत्किएका छन् । बसपार्कदेखि भित्र पट्टिका सबै सडकहरू भत्किएको देख्न सकिन्छ । यद्यपि चुनाव लक्षित भएर होला संघीय सरकारकै दायित्वमा पर्ने राजमार्ग भने विभिन्न खण्डमा मर्मत हुन थालेका देखिन्छन् ।
भीमदत्तको चौराहादेखि दक्षिणतर्फका सडकहरू भत्किएका छन् । स्थानीय सडकलाई १ देखि ५ नम्बरसम्मका गल्ली नाम दिइएको छ ।
यस्ता गल्ली शहरी विकासअन्तर्गत नगर विकास कोषको बजेटबाट आवश्यक मर्मत शुरू हुन थालेको पनि देखिन्छ । तर, विकासको काम शुरू भएको लामो समयसम्म पनि बनाउन नसकेको र स्थानीयलाई दुःख मात्रै दिएको आरोप लागेको छ ।
‘मुख्य शहरको अवस्था यस्तो छ । यो सडक खनेको धेरै भइसक्यो बनेको छैन । भित्रका गल्लीहरूमा भएका सडकको अवस्था पनि उस्तै छ,’ स्थानीय गंगा ठकुराठीले लोकान्तरसँग भने, ‘मेयरलाई विभिन्न समयमा बनाइदिनु पर्यो भनेर गयौँ तर अहिलेसम्म पनि काम हुन सकेको छैन ।’
उनले यसपालि जसले ढल बनाउँछ उसैलाई भोट दिने बताए । ‘अब भोट माग्न आउन थालेका छन् । के को भोट ? आफ्नै घरसँगको ढल व्यवस्थित नहुँदा दुर्गन्ध फैलिएर बसिसाध्य छैन,’ उनले भने, ‘यसपालि त जसले ढल बनाउँछ उसैलाई भोट दिने हो ।’
शहरका मुख्य ठाउँमा ढल निकास नभएकाले घरभित्र ढल पस्ने चिन्ता बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
‘घरैभित्र ढल पस्ने समस्या भएकाले ग्राहक पनि आउन छाडे भने, आम्दानी कम हुँदा भाडा तिर्न समस्या छ,’ व्यापारीसमेत रहेका ठकुराठीले लोकान्तरसँग भने, ‘यो पालि एमाले–कांग्रेसजस्ता ठूला पार्टीलाई भोट हाल्नुपर्छ भन्ने छैन । ढल बनाइदिने अर्को दललाई भोट हाल्नुपर्छ भन्ने सोचाइ आएको छ ।’
अर्का स्थानीय दुर्गादत्त भट्टको पनि गुनासो पनि ठकुराठीको जस्तै छ । ‘शहरी विकास कार्यालयमै ढल जाँदासमेत बेवास्ता गरिएको छ भने गरीबको घरको कसले वास्ता गर्ने ?,’ उनले भने, ‘बजारभरिको ढल हामी कहाँ आउँछ शहरी विकास कार्यक्रमको जग्गामै ढल खुला रुपमा गएको छ । त्यसको समस्याको समाधान हुन सकेको छैन ।’
शहरी विकास कार्यक्रमले नै ढलको निकास गर्नुपर्ने भएता पनि उनीहरू नै हेरेर बसेको देख्दा नेताहरूले काम गर्न नसक्ने भान हुन थालेको उनको बुझाइ छ ।
भट्टका अनुसार २०७४ सालको स्थानीय चुनाव जितिसकेपछि एक पटक पनि मेयर जनताका समस्याबारे बुझ्न आएनन् । त्यसैले पनि यसपालि नेताहरूलाई भोट दिने इच्छा नभएको उनी बताउँछन् ।
बाँदर धपाउनेलाई भोट !
भीमदत्त नगरपालिका–१४ मा वन्यजन्तुको त्रास छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले यहाँ स्थानीयवासीलाई रातोदिन सताउने गर्छ ।
स्थानीयका खेतीबाली वन्यजन्तुले नष्ट गर्ने गरेका छन् । खेतमा लगाएका तरकारीहरू वन्यजन्तु र छाडा चौपायाले खाइदिँदा लगानी खेर जाने गरेको स्थानीय जयन्ती साउद बताउँछिन् । उनका अनुसार जनावरले दुःख दिएकै कारण यहाँका स्थानीयले खान नपाउने समस्या छ ।
यो क्षेत्रको ठूलो समस्या भनेको बाँदर हो । बाँदरले घरको भान्सामा पसेर खाना खाइदिने र तरकारी, फलफूल पनि नष्ट गरिदिने गरेको छ ।
‘ढोका नलगाई खान बस्यो भने बाँदरभित्र आएर खान लागेको गाँस खोसेर खान्छ । भित्र भएका अन्नबालीसमेत छरिदिन्छ,’ साउदले भनिन् ।
साउदले बाँदरको समस्याले गर्दा विगतमा लगाउने गरेको खेती बाली पनि लगाउन छाडेको बताइन् । उनले अघिल्लो वर्ष १६ हजार लगानी गरेर लगाएको खेती बाँदरले नष्ट गरिदिएपछि अहिले लगाउनै छाडिन् ।
बाँदरको समस्या समाधानका लागि पहल गरिदिन नगरपालिका कार्यालयमा आग्रह गरे पनि नेताहरूले कुनै पहल नगरेको उनको आरोप छ ।
‘नेताहरूले हामी जस्तो गरीबका कुरा सुन्दैनन् । भोट माग्ने बेलामा आउँछन् । अब त जसले बाँदर धपाउँछ त्यसलाई भोट दिने हो,’ साउदले लोकान्तरसँग भनिन्, ‘यसको समस्या समाधान नगर्नेलाई भोट दिँदैनौँ ।’
नेताहरूले सडक बनाएर आफ्ना कार्यकर्ताको घरघरमा लैजान मात्र ध्यान दिएको स्थानीयवासीको आरोप छ ।
‘हाम्रो क्षेत्रका सबै ठूलो समस्या भनेको वन्यजन्तु हो । त्यसको समाधानको लागि कसैको ध्यान जाँदैन,’ स्थानीय पुष्पराज जोशीले भने, ‘नेताहरू चुनावको समयमा मात्रै चिनेझैँ गरेर आउँछन् चुनाव सकिएपछि चिन्दै चिन्दैनन् ।’
उनका अनुसार रातिमा जंगली जनावर हात्ती, बाघलगायतले समस्या दिने गरेका छन् ।
यस्तै भीमदत्त नगरपालिकाको मुख्य समस्या छाडा चौपाया पनि हो । बजारका मुख्य सडकहरूमा छाडा चौपायाहरू देख्न सकिन्छ ।
खेतीपाती र बालीनाली छाडा चौपायाले खाएर दुःख दिने गरेको स्थानीय महानन्द जोशीले बताए ।
‘हामीले दुःख गरेर खेती लगायो अलि ठूलो भएपछि आएर चौपायाले खाइदिन्छन् । सधैँ रातभरि बसेर हेर्न नसकिने रहेछ,’ जोशीले लोकान्तरसँग भने, ‘नेताहरूलाई यी चौपायाहरूलाई व्यवस्थापन गर्नुपर्यो भनेर भन्यौँ हामी गर्दैछौं भन्छन् गर्दैनन् ।’ छाडा चौपायाको व्यवस्थापन गर्ने योजना लिएर आउनेलाई भोट दिने जोशीले बताए ।
चुनाव आउँदा युवालाई रोजगार, शिक्षालगायतका कुरा गर्ने नेताहरूले शिक्षा लिएर रोजगार माग्न जाँदा भने आफ्नो मान्छे खोज्ने गरेको युवा खेमराज जोशीको आरोप छ ।
कृषि अध्ययनमा स्नातक गरेका जोशीले आफूले लिखितमा नाम निकाले पनि मौखिकमा आफ्नो पार्टीमा आए मात्रै रोजगारी दिने भनेको बताए ।
‘योग्य भएर पनि जागिर खान जाँदा पनि आफ्नो मान्छे भएको खण्डमा मात्रै पाउने भन्दै मौखिकमा नामै निकालिदिएनन्,’ खेमराजले लोकान्तरसँग भने, ‘हामीजस्ता युवालाई योग्यताअनुसार जागिर पाउने व्यवस्था गर्ने नेतालाई भोट दिने योजना बनाएको छु ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...