कोलकाता, २९ असार– आदिकवि भानुभक्तको २०४ औं जन्मजयन्तीको उपलक्ष्यमा भारतको पूरानो राजधानी कोलकाता शहरको मुटु मानिने खिदिरपुरमा अर्धकदको शालिक स्थापना गरिएको छ ।
भारतको पश्चिम बंगाल राज्यका ग्रामिण विकास मन्त्री जनाव फिरहद हकीम र कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत एकनारायण अर्यालले एक कार्यक्रमका बीच सो सालिकको अनावरण गरेका छन् ।
भानुभक्तको सालिक अनावरण कार्यक्रममा सो क्षेत्रका सांसद, स्थानीय काउन्सिलर लगायत सामाजिक अगुवा र साहित्यकारहरुको सहभागीता रहेको थियो ।
कोलकाताको मुटुमा नेपाली भाषाका आदिकवि भानुभक्तको सालिक अनावरण गरिएपछि नेपाली भाषा र संस्कृतिको सम्बर्धन तथा संरक्षणमा विशेष योगदान पुग्ने महावाणिज्यदूत एकनारायण अर्यालले बताए ।
