
युक्रेनी सेनाले ब्ल्याक सी मा दुईवटा रुसी गस्ती जहाज ध्वस्त पारेको दाबी गरेको छ ।
युक्रेनका सैन्य प्रमुख भलेरियाभ जालुझिनीले भने, 'दुईवटा रुसी र्याप्टर क्लास डुंगा टापुमा डुबेका छन् । युक्रेनी सेनाले आक्रमणको ड्रोन फुटेज जारी गरेको छ ।'
यद्यपि यसको पुष्टि भइसकेको छैन तर यो भिडियोमा मिसाइलले दुईवटा जहाजलाई निशाना बनाएको देखिन्छ ।
यी जहाजहरू गस्ती गरिरहेको देखिएका थिए । यद्यपि रुसले युक्रेनको यो दाबीमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । -बीबीसीबाट