
काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।
चुनाव चिह्न ‘लौरो’ भएपछि अहिले उनी मतदाताका घरघरमा लौरो बोकर हिँडेका छन् ।
उनले ‘आमाबालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ नारा राखेर चुनावी मैदानमा होमिएका छन् ।
र्यापरसमेत रहेका उनीसँग मतदाताले सेल्फी खिच्ने गरेका छन् । उनी पनि सहजै सेल्फी खिच्न दिन्छन् ।
‘सबै ठाउँमा पुग्न नसकिएला, सम्भव भएसम्म सबै ठाउँमा पुग्न कोसिस जारी छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘हामी पुग्न नसकेको ठाउँमा तपाईंहरूले आफ्नो टोल छिमेक आफन्तलाई हाम्रोबारे जानकारी दिएर सहयोग गरिदिनु हुन अनुरोध गर्दछौँ ।’








