
समय फेसनको छ, समयअनुसारको फेसन फलो गर्नेहरू दिनानुदिन बढेको पाइन्छ ।
समयको माग र बजारमा चलेको ट्रेन्डलाई फरक तरिकाले फेसन गर्नेहरूमा सहरिया युवापुस्ता निकै अगाडि छन् ।
साना नानीदेखि पाकाहरूसम्मलाई फेसनले निकै प्रभाव पारेको देखिन्छ ।
९० को दशकमा निकै लोकप्रिय गरेको बेलबटम फेसन यो वर्ष युवापुस्ताको रो जाइमा परेको छ । जिन्स पनि त्यस्तै छ ।
बढ्दो मागसँगै यसमा प्रयोग हुने स्टाइल क्रमिक रूपले परिवर्तन भइरहेको पाइन्छ ।
वर्षै पिच्छे डिजाइन फेरिनु नै जिन्सको विशेषता हो ।
हलिउडका चर्चित कलाकारहरू बेलबटम डिजाइनमा सजिएर अवार्ड कार्यक्रमको रेड कार्पेटमा ओर्लिएका थिए ।
अहिले पनि बेलबटमले युवापुस्ताको मन छोएको छ ।
फेसन डिजाइनर रुवि महर्जनले भन्छिन्, “कुनै बेला 'बुटकट’ र 'बेलबटम’ जिन्स सर्वाधिक चलेका बेला 'स्किनी’ जिन्सले तिनलाई प्रतिस्थापन गर्यो । तर दस–पन्ध्र वर्षको अन्तरालमै ती दुवै जिन्स फेरि फेसनमा छाउन थालेका छन् ।'
उनको अनुसार कुनै समय लोकप्रिय रङ्गीन जिन्स पनि बीचमा केही समय हराएर फेरि ट्रेन्डमा आएको छ ।
त्यस्तै पहिले पुरुषले खुकुलो र महिलाले टाइट जिन्स लगाउने चलन थियो । अहिले त्यो उल्टिएको छ ।
विदेशमा आउने नयाँ ट्रेन्ड सिनेमा, टेलिशृङ्खला, म्युजिक भिडियो र पछिल्लो समय फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूबाट तुरुन्तै नेपालमा फैलिन्छ । त्यही अनुरूप फेसन पनि आउने र जाने गर्ने महर्जनको भनाइ छ ।
सङ्गीतकर्मीहरूले पुर ाना गीतमा नयाँ धुन भरेर रिमिक्स बनाएजस्तै पुराना डिजाइनको लुगामा हल्का परि वर्तन गरेर नयाँ शैली दिनु फेसन ट्रेन्ड नै हो , अर्का फेसन डिजाइनर आस्तिक शेरचनले भने । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।