
नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।