२९ जेठ २०८३, शुक्रबार

राहुल गान्धी ठमेलमा गएपछि भारतीय कांग्रेसले भन्यो : साथीको बिहेमा जान पनि बिजेपीलाई सोध्नुपर्ने ?

बैशाख २०, २०७९
राहुल गान्धी ठमेलमा गएपछि भारतीय कांग्रेसले भन्यो : साथीको बिहेमा जान पनि बिजेपीलाई सोध्नुपर्ने ?

भारतीय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी यतिखेर नेपाल भ्रमणमा छन् । 

नेपाल भ्रमणका समयमा उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

काठमाडौंको एक नाइटक्लबमा देखिएका गान्धीको सो भिडियो भारतमा बढी भाइरल भइरहेको छ । 

यस भिडियोमा भारतीय कंग्रेस पार्टी र राहुल गान्धीमाथि विभिन्न ट्रोलहरू बनिरहेका छन् । 

विपक्षी दल बिजेपी प्रवक्ता शहजाद पूनावालाले राहुल गान्धी के गरिरहेका छन्, त्यो उनको निजी मामिला भएको बताएका छन् । 

आजतकसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

भारतका केन्द्रीय मन्त्री किरेन रिजिजूले राहुल गान्धीको भिडियो शेयर गर्दै भ्याकेसन, होलिडे, ट्रिप तथा निजी विदेश भ्रमण आदिले अब देशका लागि कुनै नयाँ कुरा नभएको बताएका छन् । 

यता विजेपीकै नेता कपिल मिश्राले ट्वीट गर्दै राहुल गान्धीको निजी जिन्दगीको मामला हैन, राहुल गान्धी कसको साथ छन् ? उनले प्रश्न गरेका छन् ।

यसै बीचमा भारतीय कंग्रेसले गान्धीबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । 

कंग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले गान्धी  मित्र देश नेपालमा साथीको बिहेका लागि गएको बताएको भास्कर दैनिकले खबर लेखेको छ ।

एक पत्रकार साथीको विवाह समारोहमा उनी गएका हुन् । विवाहमा जानु अपराध हैन,’ प्रवक्ता सुरजेवालालाई उदृत गर्दै दैनिक भाष्करले लेखेको छ, आजबाट बिजेपीले विहेमा जानु गैर कानूनी हो र साथी बनाउनु पनि हो भन्न सक्छ ।’

प्रवक्ता सुरजेवालाले साथी र परिवारको सदस्यको विवाहमा जानु रितिरिवाज समेत भएको उनले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्