
भारतीय कांग्रेसका नेता राहुल गान्धीको काठमाडौं यात्राका क्रममा लिइएको भिडियो भाइरल भएको छ ।
नेता गान्धी नाइट क्लबमा सहभागी भएको भिडियोमा देखिएकी महिलाको विषयले भारतीय राजनीतिमा तरङ्ग ल्याएको छ ।
ट्विटरमा कतिपयले नेता गान्धी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग कुराकानी गरिरहेको दाबी गरेका छन् तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । भाइरल भिडियोमा गान्धीसँगै एक महिला देखिएकी छन् ।
भारतीय जनता पार्टी (बीजेपी) युवा मोर्चाका नेता पीएम साई प्रसादले ट्विटरमा राहुल गान्धी राजदूत गान्छीसँग भनेर भिडियो शेयर गरेका छन् ।
तर केही प्रयोगकर्ताले ती महिला राजदूत नरहेकी र उनीसँग अनुहार मात्रै मिलेको दाबी गरिरहेका छन् ।
कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले गान्धी साथीको बिहेमा सहभागी हुन काठमाडौं गएका र त्यो उनको निजी भ्रमण भएको प्रतिक्रिया दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘साथीभाइको बिहेमा सहभागी हुनु हाम्रो संस्कृति र सभ्यता हो,’ उनले भनेका छन् ।
हेर्नुहोस् भिडियो -
Rahul Gandhi tweeting about pathetic state of Indian economy from a pub in Kathmandu along with Chinese ambassador to Nepal.
— Shashi Kumar (@iShashiShekhar) May 3, 2022
Congress must explain this alliance pic.twitter.com/bdCMBHAWQx