१० साउन २०८३, आइतबार

रुकुम (पूर्व) मा ३९ हजार मतपत्र पुग्यो

बैशाख २०, २०७९
रुकुम (पूर्व) मा ३९ हजार मतपत्र पुग्यो

रुकुम(पूर्व) मा आसन्न स्थानीय तह निर्वाचनका लागि ३९ हजार मतपत्र आइपुगेका छन् । ती मतपत्रलाई सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपत्रसँगै निर्वाचनका लागि आवश्यक सामग्री पनि जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए । 

निर्वाचन सामग्री जिल्लामा आइपुगेसँगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीव्ररूपमा अगाडि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली पनि प्रकाशन गरिसकिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि २२ गते रुकुमकोटमा रहेको रुक्मिणी माविको हलमा तालिम सञ्चालन हुने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्