२७ जेठ २०८३, बुधबार

स्थानीय तह निर्वाचन : यस्तो छ निर्विरोध निर्वाचित उम्मेदवारको विवरण

बैशाख २०, २०७९
स्थानीय तह निर्वाचन : यस्तो छ निर्विरोध निर्वाचित उम्मेदवारको विवरण

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअघि नै विभिन्न पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने उम्मेदवार सदस्य पदका धेरै रहेका छन् ।  यस्तै अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा पनि विभिन्न दलका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमालेबाट महिला सदस्य पदमा २३, वडाध्यक्षमा १४, सदस्यमा २६, उपाध्यक्षमा २ र दलित महिला सदस्यमा ५७ जना उम्मेदवार विजयी भएका छन् । 

यसैगरी नेपाली काँग्रेसबाट सदस्य पदमा ३१, उपाध्यक्ष पदमा १, वडाध्यक्षमा १४, दलित महिला सदस्यमा ४० उम्मेदवार विजयी भएका छन् भने माओवादी केन्द्रबाट महिला सदस्यमा ७, वडाध्यक्षमा ३, महिला सदस्यमा ३९ र सदस्यमा ५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी एकीकृत समाजवादीबाट महिला सदस्य ७, अध्यक्षमा २, वडाध्यक्षमा ६, उपाध्यक्षमा १, दलित महिला सदस्यमा ६ र सदस्यमा १२ जना निर्विरोध भएका छन् ।  यस्तै स्वतन्त्रबाट वडाध्यक्षमा ६ जना, दलित महिला सदस्यमा ८ जना, सदस्यमा १६ जना निर्वाचित हुँदा नेमकिपा, जसपा र राप्रपाका उम्मेदवार पनि सदस्य पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्