०८ असार २०८३, सोमबार

जुम्लामा निर्वाचन सुरक्षाका लागि तीव्र तयारी

बैशाख २०, २०७९
जुम्लामा निर्वाचन सुरक्षाका लागि तीव्र तयारी

निर्वाचन सुरक्षाका लागि जुम्लामा डिजिटल नक्सा अनुगमन गरिने भएको छ ।  जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षाका लागि भौतिक रूपमा अनुगमनदेखि डिजिटल नक्सा अनुगमन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सासमेत तयार गरिएको बताइन्  ।

डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्सासमेत तयार पारेको प्रजिअ प्रसाईंले बताइन् । जिल्लाभर ७९ वटा मतदानस्थल र १०२ वटा मतदान केन्द्र रहेका छन् । तिनीहरुमध्ये १४ वटा मतदान केन्द्रमा ५०० भन्दा कम मतदाता रहेका छन् । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, “केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् ।” त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लाका मतदान स्थलहरुमा एक महिनाअघि देखि सुरक्षा निकायले अनुगमन थालेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्