
विप्लव नेतृत्वको नेकपाबाट कारबाहीमा परेका धमेन्द्र वास्तोला पक्षले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पदमुक्त गर्ने तयारी गरेको छ ।
बुधवारबाट चितवनमा शुरू भएको सो पक्षको भेलाले उनीहरूलाई पार्टीबाटै निस्कासन गर्ने तयारी गरेको हो ।
पार्टीको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले संयोजकमा बास्तोलालाई जिम्मेवारी दिने तयारी गरेको भेलामा उपस्थित एक केन्द्रीय सदस्यले जानकारी दिए । 'अहिलेसम्म विप्लव र प्रकाण्डलाई कारबाही गरिएको छैन । त्यो एजेन्डामा छलफल भइरहेकाे छ, भर्खरै उद्घाटन सत्र सकिएर छलफल शुरू हुँदैछ,' ती नेताले लोकान्तरसँग भने, 'नयाँ पार्टी गठन गर्ने, स्थानीय चुनावमा पार्टीको धारणाका विषयमा पनि छलफल भइरहेको छ ।'
भेला वैशाख २३ गतेसम्म चल्नेछ ।
विप्लव पक्षले वास्ताेला र हेमन्तप्रकाश वलीलाई पदमुक्त गरेको थियो ।