१३ असार २०८३, शनिबार

अदालतबाट साढे २४ लाख जरिवाना ठहर भएका सुवाल पक्राउ

बैशाख २१, २०७९
अदालतबाट साढे २४ लाख जरिवाना ठहर भएका सुवाल पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनले ६ दिनको कैद सजाय र २४ लाख ५९ हजार ८२२ रूपैयाँ जरिवाना भएका भक्तपुर नगरपालिका-२, ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ सुवालले आफ्नो एनआईसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैकिङ कसुर गरेका थिए । पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्