२४ असार २०८३, बुधबार

रारा हाइड्रोपावरले १२ लाख कित्ता सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

बैशाख २१, २०७९
रारा हाइड्रोपावरले १२ लाख कित्ता सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले १२ लाख कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 
बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
 सम्झौता पत्रमा रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनी  लिमिटेडका तर्फबाट संचालक शंकर लाल वैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 
 सो कार्यक्रममा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र  मेगा क्यापिटल मर्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत  सुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्