१२ असार २०८३, शुक्रबार

चाँडो निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग

कात्तिक २०, २०७४
चाँडो निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग

काठमाडौँ, २९ असार - नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले मधेस र मधेसी जनताको हित गर्ने र उनीहरुको पक्षको कार्यसूची बोक्ने पार्टी एमाले नै भएको जिकिर गर्नुभएको छ ।shankar
यहाँ आज आयोजित साक्षात्कारमा उहाँले तेस्रो चरणको स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने जिकिर गर्दै माघ ७ गतेभित्रै सबै निर्वाचन सम्पन्न गर्न चाँडोभन्दा चाँडो निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नका लागि माग गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मधेसको समस्या समाधान गर्न आफ्नो पार्टीले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “काँग्रेसले निरन्तर प्रयास गरिरहेको छ, तर प्रमुख प्रतिपक्षी दल एमाले नआउन्जेल दुई तिहाइनपुग्ने हुँदा समाधान गर्न नसकिएको हो ।” उहाँले आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले राजपा निर्वाचनको विरोधी नभएको बताउँदै भन्नुभयो, “हामी निर्वाचनको विरोधी होइनौँ, सरकारले हाम्रो माग पूरा गरेसँगै हामीहरु निर्वाचनमा जान्छौँ ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताउँदै पार्टी संसद्मा विचाराधीन संविधान संशोधन प्रस्तावका पक्षमा रहेको पनि प्रष्ट पार्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्