२२ असार २०८३, सोमबार

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

बैशाख २२, २०७९
रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  

बुधवार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।  

पहिलो लेगमा ४-३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्‍यो । र, रियल समग्रमा ६-५ ले विजयी भयो ।

अब रियलले उपाधिका लागि लिभरपुलसँग खेल्ने छ । 

फाइनल खेल मे २९ मा हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्