×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव : भरतपुर महानगरपालिका विशेष

भरतपुरलाई अन्तर्राष्ट्रिय मापदण्डको व्यवस्थित शहर बनाउने सपना छ– विजय सुवेदी [अन्तर्वार्ता]

बैशाख २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

देशभरबाट चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।

Muktinath Bank

सत्तारुढ गठबन्धनबीच केन्द्रीय स्तरबाटै तालमेल भएको भरतपुरमा एमालेले राप्रपालाई उपमेयर दिएर तालमेल गरेको छ । मेयरका प्रत्यासी रहेका विजय सुवेदीसँग गठबन्धनको सामना र भावी रणनीति सम्बन्धमा लोकान्तरले कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चर्चामा रहेको भरतपुर महानगरको मेयरका लागि चुनावी मैदानमा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 


Advertisment
Nabil box
Kumari

म भरतपुर महानगरपालिकाको पश्चिम खण्ड मेघौली क्षेत्रबाट २०५६ र २०६४ मा चुनाव लडेको थिएँ । मेघौलीमा दोहोर्‍याएर चुनाव गरेर मलाई हराइएको थियो । २०७० सालमा चुनाव लडिनँ । २०७४ सालमा म भरतपुरको कोर क्षेत्रमा आएर प्रदेश सभामा चुनाव लडें । त्यस क्षेत्रका मतदाताको मलाई प्रतिनिधि बनाउने र मैले त्यस क्षेत्रमा सेवा गर्ने इच्छा अधुरो छ । यसले केही काम गर्छ भन्ने जनताको विश्वास छ र मलाई काम गरेर देखाउने इच्छा छ ।  

Vianet communication
Laxmi Bank

पार्टी नेतृत्वमा बसेर विभिन्न कामको माध्यमबाट गोलाघाटदेखि कविलास क्षेत्रसम्म सक्रिय छु । म २०५१ सालदेखि नै जाने र काम गर्ने गरिराखेको छु । म उम्मेदवार भएर जाँदादेखि जनताको न्यायो स्वागत, सम्मान र आशीर्वाद पाएको छु । 

तपाईंको प्रतिद्वन्द्वी उम्मेदवार गठबन्धनको साझा हुनुहुन्छ, गठबन्धनको चुनौतीलाई कसरी लिनुभएको छ ? 

गठबन्धनलाई मैले ठूलो चुनौतीको रूपमा लिएको छैन । भरतपुरमा अघिल्लोपटक पनि गठबन्धन भएको थियो । हामीले २ सय मतको अन्तरले मात्र हारेका हौं । त्यसमा पनि पहिलो राउन्डमा त देवी ज्ञवालीले जित्नु भएको थियो । दोस्रो राउन्डमा प्राविधिक रूपले हराइएको थियो । जनमतको हिसाबले पहिलो राउन्डमा चुनाव एमालेले नै जितेको हो । 

भरतपुरमा अहिले ३५ हजार नयाँ मतदाता थपिनुभएको छ, उहाँहरूको सहानुभूति पनि मलाई प्राप्त छ । विदेशमा कति विकास भएको छ, हामीले गर्न नसकिने होइन । म नेता होइन व्यवस्थापक हुन चाहन्छु । संयोजन गर्न चाहन्छु । म नेता भएर होइन, सबै नागरिकलाई सहभागी गराएर विकास गर्न चाहन्छु । त्यो विकासको मोडेल मसँग छ । २०६२/०६३ सालको जनआन्दोलनपछि मैले चितवनको विकासका लागि रणनीति र गुरुयोजना बनाउने अथवा सामाजिक क्षेत्रका काममा संलग्न भएको छु । कस्तो काम गर्‍यो भने चितवनलाई समृद्ध बनाउन सकिन्छ भन्ने मलाई राम्रो जानकारी छ । 

चितवनलाई अन्तर्राष्ट्रिय मापदण्डको शहर बनाउनका लागि मसँग खाका नै छ । जनसहभागिताका आधारमा विकास गर्ने मेरो योजना हो । निर्वाचित भएपछि पनि जनमत लिएर काम गर्न चाहन्छौं, जनमत भनेको भोट मात्र होइन । यहाँ नीति बनाउनु पर्दा यहाँका मतदातासँग सहभागितामूलक ढंगले काम गर्छौं । 

महानगरमा बाटो फराकिलो गर्ने कुरामा पनि जनताको इच्छाभन्दा बाहिर जाँदिनँ । जनतालाई कन्भिन्स गरेर मात्र काम गर्छु । अहिले चितवनदेखि ठोरी जाने बाटो विस्तारको कुरा छ, यसमा पनि जनताको राय लिएर काम गर्छु । सडक सञ्जालमा वैकल्पिक रुटको व्यवस्थाका बारेमा पनि मैले छलफल गर्छु । भरतपुरका लागि नेता र शासक चाहिएको होइन, सहजकर्ता चाहिएको हो । 

चितवनलाई अन्तर्राष्टिय स्तरको शहर बनाउने प्रतिबद्धता र इच्छाशक्ति भएको एउटा व्यवस्थापक चाहिएको छ । म सहजकर्ता हुने ठानेको छु । यो निर्वाचनमा यहाँका १ लाख ८५ हजार ७ सय ३२ मतदाताको मप्रति पूर्ण विश्वास रहने कुरा विश्वस्त छु । महानगर प्रमुख भएर भरतपुरको मुहार फेर्छु भन्ने प्रतिबद्धता छ । 

गठबन्धनबाट रेनु दाहाल प्रतिस्पर्धामा हुनुहुन्छ । कतिपय राम्रो काम गरेको भनेर प्रचार भएको छ । उहाँलाई कत्तिको चुनौती ठान्नुभएको छ ? 

एउटा कुरा मैले भनिसकेको छु, मलाई ५ वर्षको समय पर्याप्त हुन्छ । युरोप अमेरिकाले डेढ सय वर्षमा गरेको काम रुसले ४० वर्षमा गर्‍यो । रुसले ४० वर्षमा गरेको कामचाहिँ चीन–जापानले २०/२५ वर्षमा गरे । त्यो २०/२५ वर्ष भनेको अहिलेको समयमा ५ वर्ष हो । 

भरतपुर महानगर विभिन्न नगरपालिका र गाविस मिसाएर बनेको हो । सोहीअनुसार ती क्षेत्रको पनि समुचित विकास गर्नुपर्‍यो । सबैभन्दा पहिलो काम यहाँको फिजिकल प्लानिङमार्फत एकरूपको विकास हो । त्यसका लागि यहाँको गुरुयोजना बनाउनु पर्‍यो । व्यवस्थित प्लानिङ हुनुपर्‍यो ।

यहाँ ३ लाख ७७ हजार नागरिक बस्नु हुन्छ । सबै नागरिक र मतदाताको बारेमा डाटाबेस बनेको छैन । कति जेष्ठ नागरिक, कति बालबालिका, कति अशक्त नागरिक छन् भन्ने कुराको यकिन डाटा छैन । सबैभन्दा पहिलो काम नै भएको छैन । अहिलेसम्मको विकास भनेको पञ्चायतकालमा भएको विकासमा थप वृद्धि जस्तो मात्र हो ।

विगतमा स्थानीय निकाय थियो । अहिले स्थानीय सरकार छ । सरकार भइसकेपछि काम गर्ने तरिका विगतभन्दा फरक हुनुपर्छ । सरकार भएको हुनाले नगरपालिकाले गरेजस्तो कामले पर्याप्त हुँदैन । भरतपुरलाई आधुनिक र समृद्ध नगर बनाउने काम अहिलेसम्म शुरू भएको छैन । 

यसरी नै विकास हुँदै जाने हो भने भरतपुर पनि अव्यवस्थित बसोवासको शहर हुन्छ । पश्चिम चितवनमा अहिले पर्याप्त जग्गा छ, समयमै व्यवस्थित प्लानिङ गरेर अगाडि बढ्यौं भने बसोबास गर्न योग्य शहर बनाउन सकिन्छ भन्ने मेरो योजना छ ।

विद्यालय, पार्क, युवाहरूका लागि व्यायामशाला चाहियो । बालबालिकाको खेल मैदान, विद्यालयलगायत सबै चाहियो । अन्तर्राष्ट्रिय स्तरको शहर बनाउने हो भने घरमात्र बनाएर त बन्न सक्दैन । हामीबाहेक अरूले जित्दा पुरानै निरन्तरता हुन्छ । पुरानै विकासले भरतपुरको आवश्यकता सम्बोधन हुँदैन । अहिले नै व्यवस्थित विकास शुरू गरेनौं भने काठमाडौंले व्यहोरेको समस्या र नियति भरतपुरले व्यहोर्नुपर्ने हुनसक्छ । 

यहाँ ढल निकासको व्यवस्थित योजना बनेको छैन । शहरको सडकमा फोहोर पानी जम्नु हुँदैन । ट्रिटमेन्ट गरेर मात्र खोलामा हाल्नु पर्दछ । एउटादुईटा पुराना ट्रिटमेन्ट प्लान्ट छन्, हिमबहादुर पिया र देवी ज्ञवालीको पालमा बनेका । अहिले ढल खोलामा गएर मिसिएका छन् । ढल सिधै खोलामा गएर मिसिएको छ, यो त विकास होइन । 

अलिअलि सडक कालोपत्रे बनेको छ । सडक कालोपत्रे गर्नु मात्र विकास होइन । यस्तो कालोपत्रे त पोखरा र बुटवलमा गएर हेर्नुस् त कति बनेको छ । केन्द्रीय सरकारको बजेटका कारण पुल्चोक गोन्द्राङ सडक बनिरहेको छ । बाइपास रोड केन्द्रीय बजेटबाट बनेको हो । यसमा मेयर मात्र होइन हामीले पनि योगदान गरेका छौं । केपी ओली सरकारको पालमा केन्द्रीय सरकारबाट स्वीकार नगरेको भए बजेट आउँदैनथ्यो । 

चुनावमा पेचिलो पक्ष पैसाको जोहो बनेको छ । चुनावमा कार्यकर्ता खटाउनु भएको छ । कति खर्च गर्ने आकलन गर्नुभएको छ ? खर्चको जोहो कसरी हुँदैछ ? 

वडाका उम्मेदवारले आफ्नो व्यवस्थापन आफैँ गर्नुभएको छ । मैले गर्ने भनेको महानगरको मेयर र उपमेयको प्रचार हामी दुई मिलेर निकालिरहेका छौं । एउटा घोषणापत्र निकाल्ने काम गर्‍यौं । प्रचारमा सीमित मान्छे हिँड्छौं । निर्वचन आयोगले तोकेको सीमाभित्र रहेर काम गर्छौं ।


तपाईं मेयरमा निर्वाचित हुनुभयो भने पाँच वर्षपछि आउँदा भरतपुरमा के परिवर्तन देख्न पाइन्छ ? 

पहिलो, अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिकल्पना गरेर व्यवस्थित सीटीको रूपरेखा तयार भई काम प्रारम्भ भएको हुनेछ । दोस्रो, सम्पूर्ण नागरिकको अभिलेखीकरण हुनेछ । सबैको बारेमा कम्प्युटरमा रेकर्ड पाइन्छ । हाल गरीबीको रेखामुनि रहेका नागरिक कोही पनि गरिबीको रेखामुनि रहने छैनन् । भरतपुरमा २ जनालाई २–२ वटा रुख रोप्न लगाएर ४ लाख रुख हुर्किँदै गरेका हुनेछन् । सडक आसपासमा फलफूलका बिरुवा लगाइने छ ।

फोहोरको कुनैपनि टुक्रा हुने छैन । सबै मान्छे ढुक्कले, सुरक्षित तरिकाले हिँडडुल गरिरहेका हुनेछौं । 

सरकारी विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरेको हुनेछौं । महानगरको अस्पतालको क्वालिटी राम्रो हुनेछ । यहाँका सबै मानिस केही न केही काममा लागेका हुनेछन् । 

सम्पूर्ण भरतपुरवासीलाई भन्न चाहन्छु, विकास निर्माणको काममा सबैसँग मिलेर अगाडि बढ्छु । निष्पक्ष सक्रियतापूर्वक काम गर्छौं । भरतपुरको सम्पूर्ण जनताको पक्षमा काम गर्छु । बीपी, पुष्पलालले देखेको सपना व्यावहारिक रूपमा भरतपुरमा पूरा गर्छौं । जनताको सेवा गर्ने बचपनदेखिको विश्वासलाई यथार्थमा परिणत गर्नका लागि महानगर प्रमुखको जिम्मेवारी महत्त्वपूर्ण सावित हुनेछ । विजय सुवेदीलाई मत दिएर राम्रो गरेछु भन्ने पार्नेछु । 


hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x