
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार एमालेमा भोट हाल्न मतदातालाई अपिल गर्ने भएका छन् ।
ओलीले मतदातालाई बिहान साढे १० बजे आम मतदातालाई एमालेलाई जिताउनका लागि अपिल गर्ने कार्यक्रम तय भएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन, च्यासलमा आज ओलीले मतदातालाई अपिल गर्दैछन् ।
हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष
— Bishnu Rimal (@BishnuRimal) May 8, 2022
कमरेड केपी शर्मा ओलिले
आज आम मतदातालाई अपिल गर्दै हुनुहुन्छ ।
सम्पुर्ण संचारकर्मी मित्रहरुमा हार्दिक आमन्त्रण छ।
स्थान : नेकपा एमाले केन्द्रीय कार्यालय, तुल्सिलाल स्मृति भवन, च्यासल, ललितपुर ।
समय : १०:३० बजे
मिति: २५ बैशाख २०७९