×

NMB BANK
NIC ASIA

खटिनुअघि नमूना मतदान

बैशाख २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा शनिबार जिल्लाका सुरक्षा प्रमुखसहित कर्मचारीको भीड देखिन्थ्यो । भीडमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीयवासी समेत थिए ।

Muktinath Bank

तारबार लगाएर बीचमा केही सामग्रीसमेत राखिएकाले के होला भनेर वरपरका मानिसले पनि चासो राखे । एक राजनीतिक दलका नेताले त फोन गरेरै त्यो के को भीड हो भनेर सोध्न पनि भ्याए । आसन्न स्थानीय तह निर्वाचनकालागि खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतको दुईदिने तालिम सकिएपछि आयोजित नमूना मतदानकालागि उक्त भीड र सामग्रीसहित तारबार लगाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अगाडि बस्नुभएका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, प्रहरी र सेनाका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधि दर्शकका रूपमा थिए  । कर्मचारी र पत्रकार लाइनमा बसेर मतदान गर्न नामावली हेर्दै थिए । त्यहाँ दुरुस्तै नामावलीको लिस्ट भएपनि वास्तविक नाम थिएनन् । कोही जुठे, कोही गोरे त कोही बाटुली नाम गरेका मतदाताको नाम थियो । 


Advertisment
Nabil box
Kumari

नमूना मतदानकै लागि तयार गरिएको उक्त नामावली मात्र होइन, मतपत्रमा पनि नमूना चिह्न थिए । साइज र कोठा वास्तविक मतपत्रजस्तै भएपनि नमूना मतपत्रसहितका सामग्री थिए । मतदान सुरु गर्नुअघि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले मतदान अधिकृत र सहायक अधिकृतलाई रित्तो बाकस शिल गर्ने तरिकादेखि त्यसका लागि दलका प्रतिनिधिबीच गर्नुपर्ने मुचुल्काबारे जानकारी गराए ।

Vianet communication
Laxmi Bank

मतदान गर्ने स्थानको सुरक्षाबारेपनि उनले जानकारी गराए । दलका प्रतिनिधिलाई पनि उनले सम्झाए । “हरेक मतदाता वास्तविक हो होइन भनेर दलका प्रतिनिधिले चिन्नुपर्छ, कर्मचारीले कानुनी र प्रक्रियाबारेमात्रै जानकारी गराउने हो”, मुख्य निर्वाचन अधिकृत न्यौपानेले भने, “मतदान केन्द्रमा हुनसक्ने हो–हल्ला र अन्य जोखिम व्यवस्थापनमा पनि सुरक्षा निकाय र दलका प्रतिनिधि मिलेर काम गर्नुपर्छ ।” उनले कर्मचारीलाई पनि हिम्मत र फुर्तीका साथ काम गर्न सुझाव दिए  । 

मतदान गर्दा बदर नहोस् भनेर गरिने तरिका तथा मतपत्र पट्याउने तरिका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले सिकाए । पट्याउँदा एक चिह्नमा लगाएको छाप अर्कोमा नपर्ने गरी पछ्याउनुपर्ने तरिकाले मत बदर हुनबाट बचाउने उनको भनाइ थियो । 

सबै प्रक्रिया पुगेपछि लाइनमा बसेका मतदाताले मतदान गरे । गोप्य मतदान भएकाले कसैको डर, धम्की, प्रलोभनसमेतमा नपरी मत खसाल्न मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।

“यो नमूना मतदानले पनि कतिपय प्रक्रिया र तरिका सिकायो, तर मुख्य काम वैशाख ३० गतेको निर्वाचन सफल पार्ने हो”, उनले भने,“जनताले उत्साहका साथ मतदान केन्द्रमा आएर मत खसाल्ने वातावरण बनाउन दल र सामाजिक अभियान्ता सक्रिय बन्नुपर्छ ।” आम नागरिकमा उत्साह भएमा सही उम्मेदवार निर्वाचित भएर आउने अवस्था बन्ने उनले बताए ।

नमूना मतदानले फिल्डमा खटिएपछि काम गर्ने तरिकाबारे सिकाएको बालमन्दिर प्राविमा खटिएकी कर्मचारी कविता शर्माले बताइन् । “तालिममा सिकेपनि व्यवहारिकरूपमा यहाँको नमूना मतदानले धेरै सिकायो”, उनले भनिन्, “काममा परेपछि मात्र धेरै कुरा सिक्न पाइने रहेछ ।” निर्वाचनअघि र निर्वाचनपछि गर्नुपर्ने प्रक्रियाबारे पनि नमूना मतदानले प्रष्ट बनाएको नमूना मतदानमा खटिएकी निर्वाचन अधिकृत गोमा रिजालले बताइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x