११ साउन २०८३, सोमबार

स्थापित र बालेनबीच चुनावी घरदैलोमा जम्काभेट भएपछि...

बैशाख २५, २०७९
स्थापित र बालेनबीच चुनावी घरदैलोमा जम्काभेट भएपछि...
फोटो : Binay_creation

काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासीद्वय केशव स्थापित र बालेन शाहबीच जम्काभेट भएको छ ।

चुनावी घरदैलोका क्रममा एमाले उम्मेदवार स्थापित र स्वतन्त्र उम्मेदवार शाहबीच आइतवार जम्काभेट भएको हो ।

भेटमा बालेनले स्थापितसँग अंकमाल गरेका थिए भने सँगै फोटो पनि खिचाएका थिए ।

त्यसक्रममा बालेनले स्थापितसँग आशीर्वाद मागेका थिए । स्थापितले 'सफल इञ्जिनीयर भएस्' भनेर आशीर्वाद दिए ।

स्थापितले प्रचारका क्रममा बालेनमाथि कटाक्ष गर्दै आएका छन् ।

काठमाडौंको मेयरमा स्थापित र बालेनका अलावा सत्ता गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहलगायत उम्मेदवार छन् । 

salt training

कमेन्ट गर्नुहोस्