२९ असार २०८३, सोमबार

मतदानका दिन खोप अभियान सञ्चालन नहुने

बैशाख २५, २०७९
मतदानका दिन खोप अभियान सञ्चालन नहुने

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका बेला नियमित खोप अभियान सञ्चालन नहुने भएको छ । 

आइतवार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र र नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकाले खोप अभियान सञ्चालन नहुने जनाएको हो । 

‘मतदानस्थलमा स्वास्थ्यकर्मीहरूसमेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

निर्वाचनअघि र पछिका दिनमा खोप केन्द्रहरू सञ्चालन हुने भएकाले सकेसम्म चाँडै कोभिड-१९ विरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

साथै छिमेकी मुलुकमा पछिल्ला दिनमा संक्रमण बढ्दै गएको भन्दै यहाँ पनि जोखिम बढ्ने सम्भावना भएकाले सतर्क रहँदै जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरिदिन अनुरोध पनि गरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्