
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा अहिलेको गठबन्धन असफल भए देशको राजनीति दुर्घटनामा पर्छ भने पनि जनतालाई नधम्क्याएको बताएका छन् ।
कास्कीको पोखरामा आइतवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनता धम्क्याएको भनेर गलत अर्थ लगाइएको बताएका हुन् ।
यसअघि शुक्रवार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा प्रचण्डले गठबन्धन पराजित भए देशको राजनीति दुर्घटनामा पर्ने बताएका थिए ।
‘यो गठबन्धनले हारे राजनीतिक दुर्घटना हुन सक्छ भनेको थिएँ, जनता धम्क्यायो भनेर गलत अर्थ लगाइएको छ,’ प्रचण्डले भने ।