बैशाख २९, २०७९
सरकारले हरेक शुक्रबार ४ बजेसम्म नै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वज...
काठमाडाैं | बैशाख २५, २०७९
अध्येता कृष्णप्रसाद पराजुलीले संज्ञानात्मक भाषा विज्ञान (कग्निटिभ लिङ्ग्विस्टिक्स)मा विद्यावारिधि गरेका छन् ।
संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्नेमा पराजुली नेपालकै पहिलो व्यक्ति भएको दाबी उनले गरेका छन् ।
‘संज्ञानात्मक भाषा विज्ञानमा सबैभन्दा पहिलो विद्यावारिधि मैले हासिल गरेको छु । यो अध्ययन दक्षिण एसियामा दोस्रो हो,’ पराजुलीले भने ।
यसअघि भारतका भुवना नरसिंहनले यस विधामा अंग्रेजी र हिन्दीको तुलनात्मक अध्ययन गरेको पराजुलीले बताए ।
पराजुलीले फ्रान्सको लियोँस्थित लुमिएख विश्वविद्यालयबाट भाषाविज्ञानअन्तर्गत विद्यावारिधिको उपाधि पाएका हुन् ।
‘विद्यावारिधिको क्रममा मैले गरेको शोधकार्यले नेपालमा बोलिने लोपोन्मुख र अन्य भाषाका क्षेत्रमा पनि प्रकारात्मक अध्ययनका लागि बाटो खुलाएको छ,’ पराजुलीले भने । उनले ‘मोसन इभेन्ट्स इन नेपाली’ शीर्षकमा विद्यावारिधिको शोधकार्य गरेका छन् ।
पर्वतका पराजुलीले आफ्नो अनुसन्धानमा नेपाली भाषाका क्रिया, विशेष गरी गतिवोधक क्रिया (पस्नु, निस्कनु, हिँड्नु, दौडनु)मा कुनै पनि वक्ताले आफ्नो कुरा कसरी व्यक्त गर्छन् वा अवधारणा राख्छन् भन्ने उल्लेख गरेको बताए ।
पराजुलीको शोधलाई लुमिएख विश्वविद्यालयका प्रा. डा. अनेता कोपेच्का र अमेरिकाको विश्वविद्यालयका प्रा. डा. स्कट डिलान्सेले निर्देशन गरेका थिए । पराजुलीलाई गत शुक्रवार नेपालस्थित फ्रान्सेली दूतावासमा आयोजित समारोहमा नेपालका लागि फ्रान्सेली राजदूत जिल बुखबाओले विद्यावारिधिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सरकारले हरेक शुक्रबार ४ बजेसम्म नै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वज...
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्याल...
नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथ...
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष असिम राईले आफ्नै सेवा सुविधाले गाउँपालिकाका १ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने निर्णय गरेका छन्। नेकपा ...
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेसनल प्याब्सन) ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरूका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । संगठनले शुक्रवार पत्रकार सम्मेलन...
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमको डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने आगामी आ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...