०९ असार २०८३, मंगलबार

पराजुली भए संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्ने पहिलो नेपाली

बैशाख २५, २०७९
पराजुली भए संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्ने पहिलो नेपाली
तस्वीर: दिपेश विडारी

अध्येता कृष्णप्रसाद पराजुलीले संज्ञानात्मक भाषा विज्ञान (कग्निटिभ लिङ्ग्विस्टिक्स)मा विद्यावारिधि गरेका छन् । 

संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्नेमा पराजुली नेपालकै पहिलो व्यक्ति भएको दाबी उनले गरेका छन् । 

‘संज्ञानात्मक भाषा विज्ञानमा सबैभन्दा पहिलो विद्यावारिधि मैले हासिल गरेको छु । यो अध्ययन दक्षिण एसियामा दोस्रो हो,’ पराजुलीले भने ।

यसअघि भारतका भुवना नरसिंहनले यस विधामा अंग्रेजी र हिन्दीको तुलनात्मक अध्ययन गरेको पराजुलीले बताए ।

पराजुलीले फ्रान्सको लियोँस्थित लुमिएख विश्वविद्यालयबाट भाषाविज्ञानअन्तर्गत विद्यावारिधिको उपाधि पाएका हुन् । 

‘विद्यावारिधिको क्रममा मैले गरेको शोधकार्यले नेपालमा बोलिने लोपोन्मुख र अन्य भाषाका क्षेत्रमा पनि प्रकारात्मक अध्ययनका लागि बाटो खुलाएको छ,’ पराजुलीले भने । उनले ‘मोसन इभेन्ट्स इन नेपाली’ शीर्षकमा विद्यावारिधिको शोधकार्य गरेका छन् ।

पर्वतका पराजुलीले आफ्नो अनुसन्धानमा नेपाली भाषाका क्रिया, विशेष गरी गतिवोधक क्रिया (पस्नु, निस्कनु, हिँड्नु, दौडनु)मा कुनै पनि वक्ताले आफ्नो कुरा कसरी व्यक्त गर्छन् वा अवधारणा राख्छन् भन्ने उल्लेख गरेको बताए । 

पराजुलीको शोधलाई लुमिएख विश्वविद्यालयका प्रा. डा. अनेता कोपेच्का र अमेरिकाको विश्वविद्यालयका प्रा. डा. स्कट डिलान्सेले निर्देशन गरेका थिए । पराजुलीलाई गत शुक्रवार नेपालस्थित फ्रान्सेली दूतावासमा आयोजित समारोहमा नेपालका लागि फ्रान्सेली राजदूत जिल बुखबाओले  विद्यावारिधिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्