२६ असार २०८३, शुक्रबार

मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

बैशाख २६, २०७९
मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

 स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ ।  यही ३० गते हुने  निर्वाचनको लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ ।

     जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले जानकारी दिए । 

    मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याको आधारमा स्थानीय पालिकाका कर्मचारी र ६९०  स्वयंसेवक गरी एक हजार ९०० कर्मचारी खटाइएको छ । मतदान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० कर्मचारी परिचालन गरिएको छ । यस्तै २३० मतदान केन्द्रमा तीनजनाका दरले ६९०  स्वयंसेवक स्थानीय खटाइनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्