०२ साउन २०८३, शनिबार

आफ्नै बोली बन्यो आलियाका लागि घातक, भाइरल भयो भिडियो [भिडियोसहित]

बैशाख २६, २०७९
आफ्नै बोली बन्यो आलियाका लागि घातक, भाइरल भयो भिडियो [भिडियोसहित]

बलिउड अभिनेत्री आलिया भाट यतिखेर आफ्नै बोलिका कारण विवादमा फसेकी छिन् ।

त्यतिमात्रै हैन उनको बोलीलाई लिएर ट्रोलर्सहरूले ट्रोल समेत बनाउन थालेका छन् ।

आलियाको एक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही  भाइरल भिडियोलाई लिएर ट्रोल बनाइएको हो । 

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा कपिलसँग आलियाले  कुराकानी गरिरहेकी हुन्छिन् । 

सो भिडियोमा उनी चिनीले स्वास्थ्यलाई हानी गर्ने भनिरहेकी हुन्छिन् । 

चियामा चिनी हाले नहालेको उनले सोधेको भिडियोमा देख्न सकिन्छ । 

फेरि उनले केही समयअघि फ्रूटीको विज्ञापन भने गरेकी थिइन् । त्यहाँ उनले चिनीमिश्रित जुसलाई प्रोत्साहन गरेकी थिइन् । 

उनको यही दोहोरो चरित्रलाई ट्रोलर्सले निशाना बनाएका हुन् । 

उनका फ्यानहरूले सबै कुरा पैसा भएको र आलियाले पैसालाई प्राथमिकता दिएको भन्दै आक्रोश पोखिरहेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्