३२ असार २०८३, बिहीबार
स्थानीय चुनाव

गठबन्धन भत्किँदैछ भन्ने ओलीको अनुमान मतदाता प्रभावित पार्ने मनोविज्ञान- कांग्रेस प्रवक्ता

बैशाख २६, २०७९
गठबन्धन भत्किँदैछ भन्ने ओलीको अनुमान मतदाता प्रभावित पार्ने मनोविज्ञान- कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन असार १७ पछि नजाने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ मतदाता प्रभावित पार्ने कोसिस भएको आरोप लगाएका छन् । उनले ओलीको मनोवैज्ञानिक झटारो लक्ष्यमा नपुग्ने दाबी गरे ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले ओलीको मनोवैज्ञानिक क्षेप्यास्त्र लक्ष्यमा नपुग्ने बताएका हुन् ।

‘गठबन्धन असारभन्दा पर जाँदैन भनेर ओलीजीले मनोवैज्ञानिक प्रभाव दिन खोज्नु भएको हो, यो टिक्दैन गठबन्धनलाई किन भोट हाल्ने भनेर । उहाँको क्षेप्यास्त्र बीचमै पुग्दैन । उहाँ यस्तो गरिरहनुहुन्छ, मनोरञ्जन दिने काम गरिरहनु भएको छ,’ महतले भने, ‘ओलीको मनोवैज्ञानिक झटारो लक्ष्यमा पुग्दैन, उहाँको प्रवृत्तिविरुद्ध खडा भएको गठबन्धन भएकोले यो लामो समय चल्छ ।’

एक टेलिभिजन अन्तवार्तामा ओलीले गठबन्धनको भविष्य असार १७ सम्म मात्र रहेको दाबी गरेका थिए । आइतवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले गठबन्धनका लागि वैशाख ३० गते खड्को रहेको र असार १७ पछि नजाने दाबी गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्