१८ असार २०८३, बिहीबार

सहप्रध्यापकलाई कुटपिट गरेको भन्दै गठबन्धनका उम्मेदवार प्रहरी नियन्त्रणमा

बैशाख २६, २०७९
सहप्रध्यापकलाई कुटपिट गरेको भन्दै गठबन्धनका उम्मेदवार प्रहरी नियन्त्रणमा

सहप्रध्यापकलाई कुटपिट गरेको आरोपमा बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षका उम्मेदवार गठबन्धनका लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमवार दिउँसो पुर्चौडी बहुमुखी क्याम्पसका सहप्रध्यापक रामदत्त जोशीलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । स्वतन्त्र उम्मेदवारको प्रचार किन गरेको भन्दै रानाका समर्थकले जोशीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । 

गोकुलेश्वर प्रहरीका अनुसार जोशीको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । 

डिलासैनीको सिमाल भन्ने ठाउँमा स्वतन्त्र उम्मेदवार समर्थकहरू भेला भएका थिए । सोही क्रममा गठबन्धनका उम्मेदवार रानासहित पुगेपछि विवाद शुरू भएको थियो । 

बैतडी प्रहरी प्रवक्ता लोकेन्द्र जोशीले उम्मेदवार राना र घाइते जोशी पक्षबीच छलफल गर्ने तयारी भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्