
निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीलाई स्पष्टीकरण सोधेको छ ।
प्रदेश सरकारको सरकारी गाडी दुरुपयोग गरेर उम्मेदवारको प्रचार प्रसार गरेको विषयमा आयोगले २४ घन्टा भित्र जवाफ पेश गर्न भनिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय भूमि आयोगका अध्यक्ष बद्रि तिमल्सिना र उपाध्यक्ष नहेन्द्र खडकालाई चितवनको भरतपुर-११ मा मतदातालाई प्रभावित पार्ने गरी भूमिको निस्सा बाँड्ने काम गरेको प्रति पनि आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगले विभिन्न संचारमाध्याममा निर्वाचन आचार संहिता विपरीत समाचार सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण गराउने देखि स्पष्टीकरणसम्म सोधिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
३० गते हुने निर्वाचनका लागि वैशाख २८ देखि २९ गतेसम्म मतदान स्थल पुगेर मतदाता परिचयपत्र लिन सकिने उनले बताए।