१० साउन २०८३, आइतबार

स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेर चुनावी घरदैलो गर्दै भट्टराई

बैशाख २७, २०७९
स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेर चुनावी घरदैलो गर्दै भट्टराई

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षको प्रत्यासी छन्, दलबहादुर भट्टराई । 

जनतासँग भिजेको नेता भट्टराईलाई एमालेले अगाडि सरेको हो । 

उनी अहिले मतदाताको घरदैलोमा पुगेर आफूलाई निर्वाचित गराउन आग्रह गरिरहेका छन् । 

स्वास्थ्य र शिक्षामा विशेष प्राथमिकता दिँदै पालिकालाई हरेक क्षेत्रमा नमूना बनाउने योजना रहेको उनी बताउँछन् । 

गाउँपालिकालाई कृषिलाई आधुनिकीकरण गर्दै दक्ष युवा जनशक्ति निर्माण गर्ने उनको योजना छ । 

वि.स २०१६ मा जन्मिएका भट्टराई सानैदेखि राजनीतिप्रति चासो राख्थे । 

वि.सं. २०४७ सालमा पार्टी सदस्यता लिएका उनी वि.स २०६६ देखि पार्टी जिल्ला कमिटीको सचिवमा निर्वाचित भएका थिए । 

यहीबीचमा २०४२/४६ सालमा बामरुक भुस्पात खानेपानी आयोजनाको व्यवस्थापनको जिम्मेवारी निर्वाह गरे । 

वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा शिक्षकको जागिर त्यागेर तत्कालिन हंसपुर गाउँविकास समितिको अध्यक्षमा चुनाव लडेर उनी निर्वाचित समेत भए ।

हाल उनी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य छन् । 

   
 

salt training

कमेन्ट गर्नुहोस्