२७ जेठ २०८३, बुधबार

कामै नगरी ६६ लाख रूपैयाँ भुक्तानी दिएको भन्दै ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बैशाख २७, २०७९
कामै नगरी ६६ लाख रूपैयाँ भुक्तानी दिएको भन्दै ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित सडक मर्मतसम्भार र रुखबिरुवा रोप्ने कार्यअन्तर्गत ग्रावेल सप्लाइ गर्ने र बोटबिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याई भुक्तानी गरेको भन्दै मंगलवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । 

'साविकको जिल्ला प्राविधिक कार्यालय, सप्तरीबाट रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाइ गर्ने र बोटबिरुवा रोप्ने कार्य गर्दा प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरी ६६ लाख ६४ हजार ६९२ रूपैयाँ भुक्तानी दिइएको' आरोपपत्रमा उल्लेख छ । 

त्यसै गरी भुक्तानी लिने कार्य गरेको माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोपाइटर विजयकुमार यादव र एभरेष्ट निर्माण सेवा प्रोपाइटर ममतादेवी यादवलाई समेत प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्