×

NIC ASIA

फिल्मी शैलीमा दुई साता अगाडि बुटवलका सुन पसलबाट तीन करोडको सुन र गरगहना चोरी गर्ने समूहलाई रूपन्देही प्रहरी पक्राउ गरेको छ ।

रूपन्देही प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ महुबारीमा सुन पसल लुट्ने तीन जनाको समूहलाई सोमबार साँझ पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको लखनउ चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ का मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कालोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ का मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लाँक –२ निशात गँज महानगर बस्ने वर्ष २२ का मो. सारीक पक्राउ गरेको रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए ।


Advertisment
Rupse Holidays
Nabil box

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ वीपी चोकस्थित दीलबहादुर सुनारले पाँच वर्ष सञ्चालन गर्दै आएको गुल्मेली सुनचाँदी पसलको लकर तोडेर वैशाख १३ गते सुन, नगद र गहना लुटिएका थिए ।

Vianet communication

रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले खुनगाई कालीदह सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको बताए । 

बरामद गरिएको सामान

भारतीय नम्बर प्लेट युपी ३२ एलडब्लू ३१५१ शंका लागेर जाँच गर्दा गाडीबाट गाडीबाट सुनको बिस्कुट, सुनको गरगहनाको डल्लो बनाएको सुनको ढिक्का, सुनको पैसाको सिक्का आकारको गोलो, मोबाइल, भारू नगद, भारतीय आधार कार्ड र एटिएम फेला फेला परेको छ । सुनारको पसलबाट दुई केजी बराबरको सुन र ५ लाख रुपैयाँ नगर लुटिएको थियो । 

चोरी भएको सुनचाँदी पसलको छेउमा भारतीय नागरिकले पसल गर्ने भन्दै काम गर्दै थिए । निर्माणको क्रममा रहेको पसल सञ्चालकले सुनचाँदी पसलमा चोरी गरेर भागेका थिए । पसल गर्न भनेर उनले घरधनी र वकिलसँग गरेका कागजात र प्रमाण पनि नक्कली रहेका पाइएको छ । 

चोर्ने व्यक्तिले कपिलवस्तुको तौलिहवाबाट सीमकार्ड निकालेको पाइएको छ । ती चोरी गर्नेहरू केही समयदेखि बुटवलमा एक होटलमा बस्दै आएका थिए । रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले अन्यको खोजी भइरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x