
फिल्मी शैलीमा दुई साता अगाडि बुटवलका सुन पसलबाट तीन करोडको सुन र गरगहना चोरी गर्ने समूहलाई रूपन्देही प्रहरी पक्राउ गरेको छ ।
रूपन्देही प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ महुबारीमा सुन पसल लुट्ने तीन जनाको समूहलाई सोमबार साँझ पक्राउ गरेको हो ।
भारतको लखनउ चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ का मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कालोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ का मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लाँक –२ निशात गँज महानगर बस्ने वर्ष २२ का मो. सारीक पक्राउ गरेको रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ वीपी चोकस्थित दीलबहादुर सुनारले पाँच वर्ष सञ्चालन गर्दै आएको गुल्मेली सुनचाँदी पसलको लकर तोडेर वैशाख १३ गते सुन, नगद र गहना लुटिएका थिए ।
रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले खुनगाई कालीदह सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको बताए ।

भारतीय नम्बर प्लेट युपी ३२ एलडब्लू ३१५१ शंका लागेर जाँच गर्दा गाडीबाट गाडीबाट सुनको बिस्कुट, सुनको गरगहनाको डल्लो बनाएको सुनको ढिक्का, सुनको पैसाको सिक्का आकारको गोलो, मोबाइल, भारू नगद, भारतीय आधार कार्ड र एटिएम फेला फेला परेको छ । सुनारको पसलबाट दुई केजी बराबरको सुन र ५ लाख रुपैयाँ नगर लुटिएको थियो ।
चोरी भएको सुनचाँदी पसलको छेउमा भारतीय नागरिकले पसल गर्ने भन्दै काम गर्दै थिए । निर्माणको क्रममा रहेको पसल सञ्चालकले सुनचाँदी पसलमा चोरी गरेर भागेका थिए । पसल गर्न भनेर उनले घरधनी र वकिलसँग गरेका कागजात र प्रमाण पनि नक्कली रहेका पाइएको छ ।
चोर्ने व्यक्तिले कपिलवस्तुको तौलिहवाबाट सीमकार्ड निकालेको पाइएको छ । ती चोरी गर्नेहरू केही समयदेखि बुटवलमा एक होटलमा बस्दै आएका थिए । रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले अन्यको खोजी भइरहेको बताए ।