
स्थानीय तह निर्वाचनका लागि देशभर एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन् । त्यसमध्ये ३९० जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ८९ हजार ३१३ जना पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन् ।
स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरू गरेर ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।
यस्तै वैशाख ३० गते हुने निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्दैछन् ।
निर्वाचन आयोगका अनुसार ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । १८३ जना अन्य मतदाता छन् ।