
राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा राप्रपा नेपालको ठूलो महत्वाकांक्षा वा अपेक्षा नभएको बताएका छन् । मौन अवधि सुरु हुनुअघि मंगलबार एक वक्तव्य जारी गर्दै थापाले फागुन ७ गते मात्र राप्रपा नेपाल पुनर्जागृत भएको र प्रत्येक पालिकामा पार्टी संगठन निर्माण भइनसकेको भन्दै चुनावको तयारीको निम्ति समयको अभाव पनि भएकाले पार्टीको ठूलो महत्वाकांक्षा वा अपेक्षा नरहेको बताएका हुन् ।
स्थानीय तहको चुनावमा राप्रपा नेपाल र नेकपा एमालेका बीचमा केही पालिकाहरुमा सामान्य तालमेल भएको उल्लेख गर्दै अन्य केही पालिकाहरुमा स्वःस्फूर्तरुपमा राप्रपा नेपालका उमेदवारहरू रहेको बताएका छन् । यो चुनावमा सामान्य भए पनि राप्रपाको सहभागिता प्रजातन्त्र, जनसर्वोच्चता र स्थानीय स्वायत्त शासन प्रणाली प्रतिको राप्रपा नेपालको प्रतिवद्धताको धोतक भएको बताएका छन् । उनले राप्रपा नेपाल समयानुकूल नयाँ नीति र नवीन शैलीमा अघि बढ्नेपनि बताएका छन् ।