×

NMB BANK
NIC ASIA

कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

बैशाख २८, २०७९

NTC
Premier Steels

सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको ठहर छ ।

Muktinath Bank

अभियानका संयोजक आरके अदीप्त गिरीले त्यसप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताए । उनका अनुसार यस क्षेत्रमा रहेका स्थानीय तहका उम्मेदवार र तिनका दल कालीगण्डकी संरक्षणप्रति उदासिन देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“पर्यावरणका विषयमा दलहरूको दृष्टिकोण के हो ? संरक्षणको के योजना छ ? यी विषय त चुनावी प्रतिबद्धतापत्रमा आउनुप-यो नि”, संयोजक गिरीले भने, “मनलाग्दी दोहनले कालीगण्डकीलगायतका नदीहरू सङ्कटमा छन्, यिनलाई कसले जोगाउने ?”


Advertisment
Nabil box
Kumari


उनले कालीगण्डकी नदीमात्रै नभएर एक सभ्यता पनि भएकाले यसको संरक्षणको विषयलाई सोलोडोलोरूपमा बुझ्न नहुने बताए । “कालीगण्डकी एउटा सभ्यता हो, आफैँमा यो देशकै ठूलोमध्येको एक नदी हो”, संयोजक गिरीले भने, “ढुङ्गागिट्टी उत्खननका नाममा यसमाथि अनियन्त्रित दोहन चलिरहेको छ, नागरिक तहदेखि राज्य संयन्त्र कालीगण्डकी संरक्षणमा गम्भीर बन्नुपर्छ ।”

Vianet communication

कतिपय उम्मेदवारका घोषणापत्रमा भने खोलानालाई जोडेर जलाधारण व्यवस्थापन, जैविक विविधतालगायत विषयलाई प्रतिबद्धतापत्रमा समेटेको पाइएको छ । बागलुङ नगरपालिकाको चुनावमा प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रमा “कालीगण्डकी नदी दोहन नियन्त्रण गरी नदीको पवित्रता, जैविक विविधता तथा शालिग्राम संरक्षणलाई अभियानका रूपमा अघि बढाइने”, उल्लेख छ ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका साझा उम्मेदवारको प्रतिबद्धतापत्रमा भने कालीगण्डकी संरक्षणको मुद्दा कतै समावेश छैन । बरु कालीगण्डकीको सहायकखोला काठेखोलामा बहुआयामिक पर्यटन प्रवद्र्धन जलविहार परियोजना सञ्चालनको प्रतिबद्धता जनाइएको छ । अभियानले चुनावपछि कालीगण्डकी आसपासका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि र सरोकार भएका पक्षलाई राखेर पर्यावरण संरक्षणसँगै मौलिक विकाससम्बन्धी बहस थाल्ने तयारी गरेको छ ।

मानवीय अतिक्रमणबाट मुक्त गरी कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले रचनात्मक दबाब बढाउँदै आएको छ । दुई वर्षअघि जन्मेको अभियानमार्फत ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलिरहेको छ । अभियानले नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रूपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरूपमा सम्प्रेषण गरिरहेको छ । ‘नदी सप्तक’ ९४औँ शृङ्खलामा पुगिसकेको अभियानले जनाएको छ । 

कालीगण्डकी संरक्षण अभियानमा टेवा दिन गायक कर्ण दासको स्वरमा ‘ए कालीगण्डकी’ गीत पनि सार्वजनिक गरिएको संयोजक गिरीले बताए । उक्त गीतलाई कालीगण्डकी नदीको सभ्यता र महिमा बोल्ने मानक गीतका रूपमा लिन सकिने उनको भनाइ छ । 

संयोजक गिरीले प्रकृति र मानवताप्रेमी जो–कोहीले कालीगण्डकीमाथिको निर्मम दोहनको खुलेर विरोध गर्नुपर्ने धारणा राखे। गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने उनको तर्क छ । कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पु¥याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताए ।

धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी–प्रणाली हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x