
रोहित करण वैद्यको निर्देशनमा ‘मायाको माया’ बन्ने भएको छ ।
चलचित्रको कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो भने मुहूर्तको जानकारी अभिनेता अनुपविक्रम शाहीले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
चलचित्रमा महानायक राजेश हमाल पनि जोडिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा अनुपसँगै नायिका आना शर्माको पनि अभिनय रहनेछ । चलचित्र अङ्ग्रेजी भाषामा पनि बन्ने चर्चा छ । गोरखापत्र दैनिकमा खबर छ ।