ट्विटरका सहसंस्थापक ज्याक डोर्सीले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाउने इलोन मस्कको निर्णयमा आफू सहमत रहेको बताएका छन् ।
ट्रम्पमाथि प्रतिबन्ध लगाउने निर्णय लिँदा डोर्सी ट्विटरका सीईओ थिए ।
मस्कले ४४ अर्ब डलर खर्च गरेर ट्विटर किन्न लागेका छन् । उनले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने उद्देश्य रहेको मंगलवार बताए । त्यो नैतिक रूपमा खराब निर्णय भएको र अतिवादी मूर्खता भएको उनको भनाइ छ ।
ट्रम्पलाई सन् २०२१ को जनवरी महिनामा ट्विटरबाट प्रतिबन्ध लगाइएको थियो । उनका समर्थकहरूले जो बाइडनको विजयको प्रमाणीकरण रोक्नका लागि अमेरिकी संसद् भवनमा धावा बोलेका थिए ।