२३ जेठ २०८३, शनिबार

सोमालियामा आत्मघाती बम आक्रमण, कम्तीमा ३ जनाको मृत्यु

बैशाख २८, २०७९
सोमालियामा आत्मघाती बम आक्रमण, कम्तीमा ३ जनाको मृत्यु
फाइल तस्वीर।

सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधवार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् ।

मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै आफू भने आक्रमणमा बाँच्न सफल भएको बताएकी छन् । साथै उनले घटनामा मारिएका सैनिकहरू र घाइते भएकाहरूलाई  प्रति समवेदना पठाएकी छन् ।

आइतवार राष्ट्रपतिको निर्वाचन हुने स्थान नजिकै रहेको घटनास्थलबाट वारसामेले सिन्ह्वालाई फोनमा सो जानकारी गराएका हुन् ।

अल-शबाब आतंककारी समूहले राजधानीमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी लिएको छ । - रासस-सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्