×

NMB BANK
NIC ASIA

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

बैशाख २८, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ । 

Muktinath Bank

मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा. कपिल श्रेष्ठले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना संकलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका २ वटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ । यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी २ वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए ।


Advertisment
Nabil box
Kumari

दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ ।
 
नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ । मिडिया सेन्टरमा बिहान १०ः३०, अपराह्न २ः३० र साँझ ७ः३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजना समेत गरिने भएको छ । 

Vianet communication

स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकाले स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीरूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ ।
 
नियोकले ७ प्रदेशका ७७ वटै जिल्लामा १ हजार ३०० पर्यवेक्षक खटाउने भएको छ । पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले बताए ।
 
नियोकले मंगलवार राति १२ बजेदेखि शुरू भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको जनाएको छ । निर्वाचनसम्बन्धी अन्य क्रियाकलापको पनि पर्यवेक्षकले सूक्ष्मरूपमा पर्यवेक्षण एवं विश्लेषण गरिरहेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x