६ अप्रिल १९७५ को विहान सिक्किमका राजा चोग्यालले आफ्नो राजमहलको गेटको बाहिर भारतीय सैनिकको ट्रकको आवाज सुने ।

उनी दोडिएरु झ्याल नजिक पुगे । उनको राजमहल चारै तिरबाट भारतीय सैनिकले घेरेका थिए ।
तब मेशीनगन गलेको आवाज सुनिन थाल्यो ।
राजमहलको गेटमा तैनाथ बसन्त कुमार छेत्री गोली लागेर ढले । त्यहाँ उपस्थित ५ हजार भारतीय सेनाले राजमहलका २ सय ४३ गार्डलाई नियन्त्रणमा लिन आधा घण्टा भन्दा बढी लागेन ।
त्यसदिन १२ बजेर ४५ मिनेटसम्म स्वतन्त्र देशको हैसियतमा रहेको सिक्किमको त्यो अवस्था अन्त्य भएको थियो । चोग्यालले हैम रेडियामा यसको सूचना पूरा विश्वलाई दिए इग्ल्याण्डको एक गाउँमा एक रिटायर्ड डाक्टर र जापान तथा स्वीडेनका दुई अन्यले पनि उनको यो आपतकालीन सन्देश सुने । यसपछि चोग्यालालाई उनको महलमा नै नजरबन्द गरिएको थियो ।

दिल्लीका म्युनिसिपल कमीशनर बीएस दास दिउँसोको खाना खाँदै थिए त्यसबेला उनलाई विदेश सचिव केवल सिंहले गरेन गरेर तुरुन्त भेन्ट बोलाए ।
७ अप्रिल १९७३ को उक्त दिन दास जब विदेश मन्त्रालय पेग केबल सिंहले सिक्किम सरकारको नेतृत्वको जिम्मेवारी लिनका लागि गंगटोक जान निर्देशन दिए र समय २४ घण्टाको दिए ।
जब दास अर्को दिन स्लिीगुडीबाट हेलिकप्टरमा गंगटोक पुगे त्यहाँ उनको स्वागतका लागि चोग्यालका विरोधी लेन्डुप दोर्जे, सिक्मिका मुख्य सचिव, प्रहरी र सैन्य प्रमुखको उपस्थिति थियो ।
भोलिपल्ट दासले चोग्यालसँग भेटे । तर बैठक कटुतापूर्ण रुपमा सुरु भयो । चोग्यालको पहिलो वाक्य थियो , ‘मिस्टर दास यो राज्यमा नबस्नुस् यो गोवा होइन ।’ उनको प्रयास आफ्नो देश स्वतन्त्र रहेको र भारते भुटानजस्तो व्यवहार गरोस् भन्ने थियो । सिक्किमको विलयमा बीएस दासको महत्वपूर्ण भूमिका थियो ।
चीन युद्धपछिको अवस्थासिक्किमलाई भारतमा गाभ्नका लागि १९६२ मा भारत चीन युद्धपछि शुरु गरिएको थियो ।
सामरिक विशेषज्ञले महसूस गरेका थिए की चिनको चुंबी घाटीसँग भारतको मात्र २१ माइलको गर्दन जस्तो सिलिगुडी नेक थियो । चीनले चाहेको खण्डमा त्यस गर्दनलाई समाप्त गरेर उत्तरी भारतमा घुस्न सक्छ । चुम्बी घाटीसँग जोडिएको छ सिक्किम ।
चोग्याले एक अमेरिकी युवती होप कुकसँग विवाह गरे । चोग्यालले उनलाई उक्साउन शुरु गरेकी यदी सिक्मिलाई पूर्ण रुपमा स्वतन्त्र गर्न माग गरेको खण्डमा अमेरिकाले उनको समर्थन गर्ने छ । तर भारतले यसलाई स्विकार गर्ने अवस्था थिएन ।
चोग्यालकी अमेरिकी पत्नी होप कुको व्यक्तित्व भने रहस्यमय थियो । चोग्याललाई भारत विरुद्ध भड्काउन उनको ठूलो भूमिका थियो । उनले स्कूलको पाठ्य पुस्तक परिवर्तन गरिन् । युवा अफिसरलाई बोलाएर हरेक हप्ता मिटिङ हुन्थ्यो ।
चोग्यान अत्यन्त्य धेरै रक्सि पिउथे जसका कारण उनीहरुबीच विवाद भइरहन्थ्यो । एक दिन जब चोग्याले उनको रेकर्ड प्लेयर फालिदिए उनीहरुको सम्बन्ध सकियो ।
होप कुकले सिक्मि छोडेर अमेरिका फिर्ता जाने निर्णय गरिन् ।

दास भन्छन् चोग्यालले ८ मे मा सम्झौतामा हस्तार गरेपनि यसलाई स्विकार गर्न सकेनन् । उनले विदेशी राष्ट्रप्रमुखले आफूलाई समर्थन गर्ने विश्वास लिए ।
जब चुनावको घोषणा भयो तब चोग्यालले दक्षिण सिक्किममा भ्रमणमा जाने इच्छा व्यक्त गरे तर उनलाई नजान सल्लाह दिइयो ।
पहिला जब उनी ति क्षेत्रमा जान्थे तब लामाहरुले सडकमा लाइन लागेर उनको स्वागत गर्थे तर यसपटक उनको पोस्टरमा जुत्ताको माला लगाइएको उनले देखे ।
चुनावमा चोग्याल समर्थनवाला नेशनलिस्ट पार्टीलार्य ३२ मध्ये मात्र १ सीट पायो ।
चोग्यालको नेपाल यात्रायस बीच चोग्याल नेपालका राजाको राज्यभिषका राजकीय अतिथिको रुपमा आए । जहाँ उनले पाकिस्तानी राजदूत तथा चीनका उप प्रधानमन्त्री चिन सी लिउसँग आफ्नो समस्यामा सहयोग मागे ।

बीएस दसले उनलाई एक लिखित दस्तावेज दिएका थिए । जसमा बाहिरी सहयोग लिने चक्करमा नलाग्न भनिएको थियो । ‘तिम्रो राजवंश यथावत रहनेछ । तिम्रो छोरा उत्तराधिकारी हुनेछ तर तिमीले यो मान्नुपर्छ कि तिमी नियन्त्रित छौं र ८ मे को संझौतालाई मान्नुपर्छ ।’
तर उनी मेरो स्वतन्त्र देश हो, म यसलाई छोड्दिन भन्ने अडानमा थिए ।
चोग्याल जति गर्दा पनि हार स्विकार नगर्ने स्वभावका थिए । तर उनको छोरा जो उत्तराधिकारी थिए उनको एक दुर्घटनामा मृत्यु भएपछि चोग्यालले आत्महत्या गर्ने प्रयास गरेका थिए । यस बीच उनकी पत्नी होप कुक पनि आफ्ना दुई बच्चाको साथ उनलाई छोडेर गइन् । उनको लागि निकै मुस्किल समय थियो । १९८२ मा उनको क्यान्सरका कारण मृत्यु भयो ।
जब सिक्किम भारतमा विलय भयो चीनले यसको तुलना १९६८ मा रुसको चेकोस्लोवाकियामा गरिएको आक्रमणसँग जोडेर हेर्यो ।

तर यसको सवैभन्दा ठूलो विरोध नेपालमा भयो । किनकी ७५ प्रतिशत भन्दा धेरै जनसंख्या नेपाली मूलको थियो ।
भारत भित्र पनि सामान्य रुपमा यसको विरोध भएको थियो ।
सिक्किमलाई भारतमा विलय गर्नका लागि भारतीय गुप्तचरसँस्था रअले ठूलो भूमिका खेल्यो तर यसको फैसला भने त्यहाँको राजनीतिक नेतृत्वले गरेको थियो ।
बीबीसी हिन्दीबाट अनुवाद