दाङको भालुवाङबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रहरी नियन्त्रणबाट छुटेका छन् ।
पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई प्रहरीले पक्राउ गरेको थियो ।
बुधवार बुटवलमा बम विस्फोट गराएको विषयमा पक्राउ परेका उनलाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको हो । 'सामान्य सोधपुछका लागि बोलाएका हौँ, अहिले छाडिसकेका छौं,' दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने ।
पार्टीका तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई रिहा नगरिए देशव्यापी संघर्ष गर्ने र त्यसको जवाफदेही सरकार हुनुपर्ने चेतावनी दिएका थिए ।
बास्तोलाले भर्खरै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबाट छुट्टिएर नयाँ पार्टी नेकपा बहुमत बनाएका थिए ।