०१ साउन २०८३, शुक्रबार

मुगुमा वडाध्यक्षको घरमा झडप हुँदा  प्रहरीले गर्‍यो ९ राउण्ड हवाई फायर

बैशाख २९, २०७९
मुगुमा वडाध्यक्षको घरमा झडप हुँदा  प्रहरीले गर्‍यो ९ राउण्ड हवाई फायर

मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवाद हुँदा प्रहरी ९ राउण्ड हवाई फायर गरेको छ । 

बुधवार सोरु गाउँपालिका–३ भिईमा झडप भएको कर्णाली प्रदेशका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए । 

‘अहिले अवस्था नियन्त्रणमा आएको छ । सामान्य अवस्था छ,’ उनले लोकान्तरसँग भने,‘म पनि घटना स्थलमा जाँदै छु, पूर्ण विवरण आइसकेको छैन ।’

माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरूले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राइफलबाट ९ राउण्ड र सर्टगनबाट २ राउन्ड हवाई फायर गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्