जर्मनीले युक्रेनलाई युरोपेली संघ (ईयू) मा भित्र्याउने प्रक्रिया पूरा हुन दशकौं लाग्ने घोषणा गरेको छ ।
‘ईयूमा युक्रेनको अल्पकालीन सदस्यताको अपेक्षा गरिएको छैन । त्यसको प्रक्रिया पूरा हुनका लागि दशकौं लाग्न सक्छ,’ क्रिस्चियन सोसल युनियनका प्रमुख तथा संसद्का उपसभामुख अलेक्जेन्डर डोब्रिन्टले पत्रकारहरूलाई बताए ।
हिजै मात्र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले युक्रेनलाई ईयूमा प्रवेश गराउन वर्षौं वा दशकौं लाग्न सक्ने बताएका थिए ।