सभामुख अग्निप्रसाद सापकोटाले गृहनगर पुगेर मतदान गर्ने भएका छन् ।
उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविन्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्ने भएका हुन् ।
स्थानीय तहको निर्वाचन भोलि (शुक्रवार) हुँदैछ ।