२८ जेठ २०८३, बिहीबार

लुम्बिनीमा चिटिक्क पारिए मतदानस्थलहरू [तस्वीरसहित]

बैशाख २९, २०७९
लुम्बिनीमा चिटिक्क पारिए मतदानस्थलहरू [तस्वीरसहित]

लुम्बिनी प्रदेशमा भोलि (शुक्रवार) स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ ।

प्रदेश निर्वाचन कार्यालय, दाङका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले मतदान केन्द्र निर्माणको सम्पूर्ण तयारी सकिएको जानकारी दिए । 

दाङ, रुपन्देही, कपिलवस्तु, गुल्मी पाल्पा जिल्लामा सम्पूर्ण मतदान स्थल चिटिक्क पारिएको छ । 

मतदान गर्नको लागि महिला पुरुषको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । अशक्त र वृद्धवृद्धालाई तत्कालै मतदान गर्नसक्ने गरी व्यवस्था पनि मिलाइएको छ । 

लुम्बिनी प्रदेशमा १ हजार ६२९ मतदान स्थल र ३ हजार ८३२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

बुधवारदेखि वितरण शुरू गरिएको मतदाता परिचय पत्र अहिले पनि केही केन्द्रहरुमा जारी छ । 

यससँगै मतदानस्थलबाट नयाँ तथा परिचयपत्र हराएका मतदातालाई परिचयपत्र पनि वितरण भइरहेको छ । निर्वाचन आयोगले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जाका आधारमा पनि मतदान गर्न दिने व्यवस्था गरेको छ । 

शुक्रवार पानी पनि पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएपछि मतदान केन्द्रमा सुरक्षित गर्न टेन्ट र त्रिपालको पनि खोजी भइरहेको छ । 

लुम्बिनी प्रदेशका प्यूठान, गुल्मी लगायतका जिल्लामा हल्का वर्षा पनि भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्