०६ असार २०८३, शनिबार

एउटा वडाका मतदाता अर्को वडामा गए कारबाही

बैशाख २९, २०७९
एउटा वडाका मतदाता अर्को वडामा गए कारबाही

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एउटा वडाका मतदाता अर्को वडामा जान रोक लगाएको छ । प्रशासनले एक सूचनामार्फत विनाकारण एक वडा वा टोलका मतदाता अर्को कुनै वडा वा टोलमा आवतजावत गरेमा कानून बमोजिम कारवाही गरिने चेतावनी दिएको हो । 

प्रशासनले मौन अवधिमा पालना गर्नुपर्ने आचारसंहिता पूर्ण रुपमा पालना गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ । 
‘आचारसंहिताको उल्लङ्घन गरेमा तथा विनाकारण एक वडा वा टोलका मतदाता अर्को कुनै वडा वा टोलमा आवतजावत गरेमा कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’, प्रशासनको सूचनामा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्