२१ जेठ २०८३, बिहीबार

वैद्य माओवादीका नेताहरु काठमाडौंबाट पक्राउ

बैशाख २९, २०७९
वैद्य माओवादीका नेताहरु काठमाडौंबाट पक्राउ

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्यसहितका नेताहरु पक्राउ परेका छन् । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा  बिहीबार साँझ काठमाडौंको असन चोकमा आयोजित मसाल जुलुस कार्यक्रममा पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरुमा पोलिटब्युरो सदस्य  दिनेश शर्मा, केन्द्रीयहरु शारदा महत, वसन्त बोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, राम नेपाली सहित ढोग प्रसाद उपाध्याय, सुरेश तामाङ्, सुनिता बुढाथोकी, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, अजय बज्राचार्य, टीका परेल, राजु लामा, अब्दुल सलाम, रामभक्त आचार्य लगायतका  रहेका छन् । 

यसैगरी ललितपुरको महालक्ष्मी स्थान नजिकबाट  श्याम केसीलाई पनि प्रहरीले पक्राउ गरेको वैद्यले जनाएका छन् । सो पार्टीका अध्यक्ष मोहन वैद्यले चुनावको विरोध गर्दै पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्